You are viewing the translated version of जरिबाना वा कारबाही सम्बन्धी कार्यविधि.

Section 98
जरिबाना वा कारबाही सम्बन्धी कार्यविधि
(१) नियमनकारी निकाय वा ऐन बमोजिम जरिबाना वा कारबाही गर्न सक्ने अधिकारप्राप्त निकायले कुनै व्यक्तिलाई जरिबाना वा कारबाही गर्नु पर्दा जरिबाना वा कारबाही गर्नु पर्नाको आधार र कारण सहितको संक्षिप्त व्यहोरा र जरिबाना गरिने रकम प्रस्ताव गरी निजलाई आफ्नो सफाइ पेस गर्न कम्तीमा पन्ध्र दिनको समय दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको अवधिभित्र सफाइ पेस नगरेमा वा पेस गरेको सफाइ सन्तोषजनक नभएमा नियमनकारी निकाय वा ऐन बमोजिम जरिबाना वा कारबाही गर्न सक्ने अधिकारप्राप्त निकायले त्यस्तो: व्यक्तिलाई जरिबाना वा कारबाही गर्नु पर्नेछ।